बुधबार, वैशाख १२, २०८१

प्रदेश नम्बर २ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

नेपालखोज २०७८ जेठ ३० गते १९:५७

काठमाडौं । प्रदेश नम्बर २ प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । शनिबार बसेको प्रदेश सभाको बैठकले आज अबेर गरी आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित गरिएको हो ।

प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो । यसअघि आजै प्रदेश नम्बर १ र लुम्बिनी प्रदेशको नीति कार्यक्रम पनि बहुमतले पारित भइसकेको छ । कर्णाली प्रदेशमा भने नीति कार्यक्रममाथिको छलफल नसकिएपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।

भोलि दिउँसो २ बजे बस्ने बैठकमा सांसदहरुले बोल्ने क्रम सकिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जवाफ दिने तयारी छ । त्यसपछि नीति कार्यक्रम निर्णयार्थ पेश गरिने छ । बागमती प्रदेशमा भने शुक्रबार नीति कार्यक्रम पारित भइसकेको छ । गण्डकी प्रदेशमा नयाँ सरकार बनेपछि नीति तथा कार्यक्रम ल्याउने तयारी थालिएको छ ।

प्रतिक्रिया