शुक्रबार, वैशाख १४, २०८१

गरिब देशलाई कोरोनाविरुद्धको एक अर्ब डोज खोप बाँड्ने जी-७ राष्ट्रहरुको घोषणा

नेपालखोज २०७८ जेठ ३० गते २१:१३

काठमाडौं । विश्वका धनी तथा औद्योगिक राष्ट्रहरूको समूह जी–७ राष्ट्रका नेताहरूले कोरोना भाइरसविरुद्धको खोपको एक अर्ब डोज बाँड्ने घोषणा गरेका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जी–७ राष्ट्रका नेताहरू आउँदो वर्षसम्ममा एक अर्ब डोज खोप बाँड्न सहमत भएको जानकारी दिएका छन्।

त्यस्तै उनीहरूले गरिब तथा विपन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । विश्वमा चीनको बढ्दो प्रभाव रोक्न गरिब तथा अल्पविकसित देशलाई पूर्वाधार विस्तारमा सघाउने योजना जी–७ ले पास गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिल्ड ब्याक बेटर वर्ल्ड योजनालाई सार्थक पार्नुपर्ने बताउनुभएको छ । अमेरिका समर्थित बिल्ड ब्याक बेटर वर्ल्ड योजनालाई चीनको महत्त्वाकाङ्क्षी बेल्ट एन्ड रोड इनिशिएटिभको विकल्पको रूपमा हेरिएको छ ।

प्रतिक्रिया