शुक्रबार, चैत १६, २०८०

‘बी’ डिभिजन लिग : आज ब्वाइज युनियन र श्री भगवती क्लब विजयी

नेपालखोज २०७७ फागुन २२ गते १९:०४

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएका खेलमा ब्वाइज युनियन र श्री भगवती क्लब विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा ब्वाइज युनियन क्लबले टुसाल युथ क्लबलाई १–० गोलले हराएको छ । एन्फा मैदान सातदोबाटोमा भएको खेलमा ब्याइज युनियनलाई जिताउन मिलन लिम्बुले ७२ औं मिनेटमा गोल गरे । ब्वाइज युनियन चौथो स्थानमा र टुसाल आठौँ स्थानमा छन् ।

दोस्रो खेलमा श्री भगवतीले खुमलटार युथ क्लबलाई २–१ ले हराएको छ । खुमलटारका सबिन केसीले गोल गर्दै टिमलाई अग्रता दिए पनि जोगाउन सकेनन् । श्री भगवतीका लागि डोना थापा र आशिष श्रेष्ठले गोल गरे । श्री भगवती क्लबले १० खेलमा १२ अंक जोडेको छ । खुमलटारको २२ अंक छ, आजको हारसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्ने मौका गुमाएको छ ।

प्रतिक्रिया