कोरोना संक्रमणका कारण पूर्वसांसद अधिकारीको निधन
नेपालखोज
२०७८ जेठ ३१ गते ८:३६

लमजुुङ । नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ ।
विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड सङ्क्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो ।
उनको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले जानकारी दिएका छन् ।
विस १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मनुभएका अधिकारी विसं २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
सम्बन्धित
प्रतिक्रिया