शनिबार, वैशाख १५, २०८१

गण्डकी प्रदेशको नीति कार्यक्रम सार्वजनिक आज

नेपालखोज २०७८ जेठ ३१ गते ९:१५

पोखरा । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ ।

प्रदेशमा नयाँ सरकार बनेसँगै नीति कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।

बजेटमा नागरिकका आवश्यकतालाई प्राथमिकतमा राख्ने गरी नीति कार्यक्रम सार्वजनिक गर्न लागिएको गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिएका छन् ।

नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको नयाँ सरकार बनेपछि हिजो दिनभर नीति तथा कार्यक्रमको तयारीमा छलफल भएको थियो ।

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।

प्रदेशसभा बैठकअघि बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितीको बैठक बस्ने प्रदेशसभा सचिवालयकी सूचना अधिकारी सपना अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया