कर्णालीको नीति कार्यक्रम आज पारित हुने
नेपालखोज
२०७८ जेठ ३१ गते ९:२६

काठमाडौं । कर्णाली प्रदेश सभाको बैठक आज बस्ने भएको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले धारणा राख्ने क्रम नसकिएपछि बैठक आज दिउँसो २ बजे बस्दैछ ।
आजको बैठकमा सांसदहरुले नीति कार्यक्रममाथि धारणा राख्ने क्रम सकिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जवाफ दिने छन् ।
त्यसपछि सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीलाई प्रदेश प्रमुखले यसअघि प्रदेश सभा बैठकमा प्रस्तुत गरेको नीति कार्यक्र पेश गर्न अनुमति दिनेछन् ।
त्यसपछि आगामि आर्थीक बर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम निर्णायर्थ पेश गरिने छ ।
गण्डकीबाहेक अन्य प्रदेशले नीति कार्यक्रम पारित गरिसकेका छन् । प्रदेश सरकारहरुले नीति कार्यक्रम पारित गरेर असार १ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।
सम्बन्धित
प्रतिक्रिया