शनिबार, वैशाख १५, २०८१

भारतमा कोरोना : चाैबीस घण्टामा ७० हजारमा संक्रमण, सक्रिय संक्रमित १० लाखभन्दा कम

नेपालखोज २०७८ जेठ ३१ गते ९:५७

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ७० हजार ४७१ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । यही अवधिमा एक लाख १९ हजार ५०१ जना संक्रमणमुक्त भएका छन् भने ३ हजार ९२१ को मृत्यु भएको छ ।

यससँगै भारतमा सक्रिय संक्रमितको संख्या दश लाख भन्दा कम संख्यामा झरेको छ । भारतमा २ करोड ९५ लाख १० हजार ४७१ जना कुल संक्रमितमध्ये २ करोड ८१ लाख ६२ हजार ९४७ जना निको भइसकेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ९ लाख ७३ हजार १५८ छ । हालसम्म भारतमा ३ लाख ७४ हजार ३०५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया