शुक्रबार, वैशाख १४, २०८१

लघुवित्त संघले सरकारलाई भन्यो- करमा छुट चाहियो

नेपालखोज २०७८ जेठ ३१ गते ११:००

काठमाडौं । लघुवित्त संघ नेपालको टोलीले अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगानालाई भेटेर कोरोना प्रभावितका लागि सहुलियत दरमा पुनर्कर्जा उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष जगत पोखरेल नेतृत्वको टोलीले लघुवित्त वित्तिय संस्थाहरूलाई दिएको राहतले ग्रामीण क्षेत्रका न्यून आय भएका महिला लाभान्वित हुने भएकाले उदारता देखाउन सरकारसँग आग्रह गरेको हो ।

टोलीले बुझाएको ज्ञापनपत्रमा कोरोनाभाइरसको महामारीबाट अति प्रभावित ऋणी ग्राहकको ब्याज अनुदान दिनुपर्ने, वचतकर्ता समूह सदस्यहरूको व्याज आयमा कर छुट गर्नुपर्ने, सरकारले उपलव्ध गराउने राहत प्याकेज लघुवित्त प्रदायक सस्थामार्फत उपलब्ध गराउनु उपयुक्त हुनेलगायत सुझाव उल्लेख गरिएको छ ।

राष्ट्र बैंकले नयाँ आर्थिक वर्षका लागि ल्याउन लागेको मौद्रिक नीतिमार्फत आफ्ना मागहरू सम्बोधन गराउन अर्थ सचिव ढुङ्गानालाई ज्ञापनपत्र बुझाइएको सङ्घकी उपाध्यक्ष भगवती चौधरीले जानकारी दिए ।

सङ्घले गैरबैकिङ वित्तीय सस्थाबाट ऋण लिन सकिने व्यवस्था गर्नुपर्ने, एउटा लघुवित्त संस्थाले सङ्कलन गरेको वित्तीय श्रोत अर्को लघुवित्त संस्थामा छोटो अवधिको लागि लगानी गर्न पाउनु पर्ने, समूह सदस्य तथा व्यक्तिलाई प्रदान गरिने कर्जाको सीमा बढाउनुपर्ने माग पनि राखेको छ ।

सङ्घको माग र सुझावहरू उपयोगी र रचनात्मक रहेको भन्दै अर्थसचिव ढुंगानाले सकेसम्म धेरै सुझावलाई समेट्न प्रयास गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया