शुक्रबार, वैशाख ७, २०८१

बिहे गर्दै हास्य कलाकार मनोज गजुरेल

नेपालखोज २०७७ मंसिर २२ गते १२:०६

काठमाडौं । हास्य कलाकार मनोज गजुरेले छिट्टै दोस्रो विवाह गर्ने भएका छन् । पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद गरेर छोरा छोरीसँग बस्दै आएका हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्ने भएका हुन् ।

गजुरेलको हुन लागेकी पत्नी तर्फको केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले अहिले धेरै कुरा सार्वजनिक नगरिएको भएपनि छिट्टै बिहे गर्ने तयारी भइरहेको उनले बताएका छन् ।

दुईवर्ष अघि गजुरेलको सम्बन्धबिच्छेद भएको भएको हो । उनीहरु सम्बन्धबिच्छेदअघि नै केहीसमय अलग–अलग बस्दै आएका थिए । गजुरेल र मीनाको एक छोरा र एक छोरी रहेका छन् । हाल दुबै गजुरेलसँगै बस्दै आएका छन् ।

प्रतिक्रिया