जनमोर्चाका प्रदेश सांसद थापाको पद खारेज गर्न सर्वोच्चको आदेश
नेपालखोज
२०७८ जेठ ३१ गते १६:४८

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज गरेको छ ।
सर्वोच्च अदालतले सांसद थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेसँगै उनको सांसद पद खारेज भएको हो । न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले यसअघि जारी गरेको अन्तरिम खारेज गरेको हो ।
थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रदेशसभा सभामुख नेत्रराज अधिकारी, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग-अलग पुनरावलोकन (भ्याकेट) को निवेद दर्ता गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया