करणी अभियोगमा पाल्पामा एकजना पक्राउ
नेपालखोज
२०७८ जेठ ३१ गते १८:३०

पाल्पा । पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका–१ मसकोट बस्ने ३५ वर्षीय नारायण मल्ललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
नारायणले ती महिलालाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया