बिहीबार, चैत १५, २०८०

पश्चिम बंगालमा कोरोनासम्बन्धी प्रतिबन्धहरु १ जुलाईसम्म लम्ब्याइयो

नेपालखोज २०७८ जेठ ३१ गते १८:५९

दिल्ली । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी सरकारले कोरोना सम्बन्धि प्रतिबन्धलाई एक जुुलाईसम्मका लागि बढाइएको छ । यद्यपी त्यहाँको सरकारले उक्त समयमा अन्य कयौं छुट दिने निर्णय गरेको छ ।

अहिलेसम्म राज्यमा बारका साथै रेस्टुरेन्टहरुलाई दिउँसो १२ बजेदेखि राति ८ बजेसम्म ५० प्रतिशत क्षमतामा खोल्न अनुमति दिएको छ । साथै उक्त समयमा सबै प्रकारका अत्यावश्यकिय वस्तुको सेवालाई छुट दिइएको छ । राति ९ बजेबाट बिहान ५ बजेसम्म मानिसहरुको आवागमनमा पूर्ण प्रतिबन्ध लगाइएको मुख्यमन्त्री ममता बनर्जीले बताएकी छन् ।

साथै उनले १६ जुनबाट सबै सरकारी कार्यालयहरुमा २५ प्रतिशत कर्मचारी राखेर सेवा दिइने छ । त्यस्तै निजी र कर्पोरेट कार्यालयहरूलाई भने बिहान १० बजेदेखि साँझ ४ बजेसम्म २५ प्रतिशत कर्मचारी राखेर सेवा दिन भनिएको छ ।

प्रतिक्रिया