बिहीबार, वैशाख १३, २०८१

रुसमा नागरिकहरुका लागि कोरोनाविरुद्धको भ्याक्सिन जारी

नेपालखोज २०७७ भदौ २४ गते ७:२०

एजेन्सी । रुसले नागरिकहरुका लागि कोरोना भ्याक्सिनको पहिलो संस्करण जारी गरेको छ । रिपोर्टका अनुसार विश्वको पहिलो कोरोना भ्याक्सिन मानिएको स्पुतनिक–फाइप को पहिलो ब्याच रुसले आफ्ना नागरिकहरुका लागि जारी गरेको हो ।

रुसी स्वास्थ्य मन्त्रालयका अनुसार भ्याक्सिनले सबै गुणस्तर परीक्षणलाई पार गरेको छ र अब यसको डोज आम नागरिकहरुलाई दिनका लागि जारी गरिएको छ । रुसले आम नागरिकका लागि भ्याक्सिन जारी गरे पनि तेस्रो चरणको क्लिनिकल ट्रायल भने हुन बाँकी रहेको छ ।

दोस्रो चरणको परीक्षणमा यसले मानव स्वास्थ्यमा कुनै असर नपुग्ने र चाडै एन्टिबडी तयार गर्न सक्षम भएको पाइएको थियो । यसले रोग प्रतिरोधी क्षमता विकासमा सफलता मिलेको दाबी गरिएको थियो । उक्त भ्याक्सिन गेमेलिया नेस्नल रिसर्च सेन्टरले उत्पादन गरेको हो ।

भ्याक्सिन ११ अगष्टमा अनुमोदन गरिएको थियो । आज पहिलो संस्करणको भ्याक्सिन निकालिएको छ । यसै हप्ता यसको प्रयोग सर्वसाधारणमा गरिने जनाइएको छ ।

प्रतिक्रिया