आइतबार, वैशाख २८, २०८२

देशभरका ७० जिल्लामा निषेधाज्ञा थपियो

नेपालखोज २०७८ जेठ ३१ गते २१:१०

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका ७० वटा जिल्लामा निषेधाज्ञा थप भएको छ । गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार धेरैजसो जिल्लाले असारको पहिलो हप्तासम्म निषेधाज्ञा थप गरेका छन् ।

सुनसरी, बझाङ, मुगु, लमजुङ र रुकुम पूर्वको भने निषेधाज्ञा थप भएको विवरण प्राप्त भइ नसकेको गृह मन्त्रालयले जनाएको छ । सबैजसो जिल्लामा जनजीवनलाई केही खुकुलो बनाउँदै निषेधाज्ञा थपिएको छ ।

निषेधाज्ञा खुकुलो बनाउँदै लगिए पनि स्वास्थ्य मापदण्डलाई भने अझै पूर्णरूपमा पालना गर्न भने छोड्न नहुने डाक्टरहरूले बताउँदै आएका छन् । कोभिड-१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्लामा निषेधाज्ञा लगाइँदै आएको छ । कोरोना रोकथामका लागि अवस्था हेरेर निषेधाज्ञा लगाउने अधिकार सरकारले स्थानीय प्रशासनलाई नै दिएको छ ।

प्रतिक्रिया