बिहीबार, वैशाख १३, २०८१

सर्वोच्चको आदेशपछि कर्णाली सरकार परिवर्तनको कसरत सुरु

नेपालखोज २०७८ असार १ गते १२:०७

काठमाडाैं । निलम्बनमा परेका नेकपा एमालेको खनाल-नेपाल समूहका कर्णाली प्रदेशका चार सांसदलाई सर्वोच्च अदालतले पुनर्बहाली गरेसँगै प्रदेश सरकार परिवर्तनको कसरत सुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकार परिवर्तन गरेर आफ्नो नेतृत्वमा एकल सरकार बनाउने एमालेको तयारी छ । 

४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका सभामुखसहित २० जना सांसदहरू रहेका छन् भने माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद रहेका छन् । सर्वोच्च अदालतले प्रदेश सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई अन्तरिम आदेश दिएसँगै नेकपा एमाले एक ठाउँमा भए मुख्यमन्त्री शाही अल्पमतमा छन् ।

प्रतिक्रिया