आइतबार, जेठ ६, २०८१

नव वर्ष २०२३ मा मेष राशिको भविष्य

नेपालखोज २०७९ पुष १७ गते ७:२९

नयाँ वर्ष अर्थात् नयाँ वर्ष २०२३ ज्योतिषिय दृष्टिकोणले कस्तो रहनेछ ? हेरौं मेष राशिका लागि यो वर्षको भविष्यफल :

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :
नयाँ वर्षमा अधिकतम क्षेत्रमा सफलता प्राप्त हुनेछ । जागिर गर्नेहरूले कडा परिश्रम गर्नुपर्नेछ । शिक्षाको क्षेत्रमा पनि केही चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ भने उच्च शिक्षाका छात्रछात्राका लागि समय अनुकूल रहनेछ । बैदेसिक अध्ययनको बाटो खुल्नेछ । घरपरिवारमा केही समस्या देखापर्न सक्छ । पिता वा अभिभावकसँग विवाद पनि हुनसक्छ । प्रेमका लागि समय राम्रो छ ।

हर्षोल्लास र उमङ्गको वातावरणमा रमाउन पाइनेछ । कतिपयले अचानक विवाह बन्धनमा बाँधिने योजना बनाउन सक्छन् । आर्थिक कुराले चिन्ता बढाउनेछ । अनावश्यक विषयमा धन खर्च हुनाले तनावमा बृद्धि हुनेछ । भ्रमण, मनोरञ्जन एवम् भोगविलासको क्षेत्रमा धनको प्रवाह बढे पनि धन आर्जनको बाटो खुल्ला रहनेछ । स्वास्थ्य बलियो छ । कुनै पुरानो रोग छ भने त्यसबाट मुक्ति प्राप्त गर्न सक्नुहुन्छ ।

समग्रमा यो वर्ष उन्नतिको वर्ष हो । विदेश वा लामो दूरीको यात्रा सफल हुनेछ । वाहनआदिको खरिदका लागि समय राम्रो छ । भूमिको क्रय/विक्रयमा सरलता आउनेछ । तपाईंको लोकप्रियतामा बृद्धि हुनेछ । घरपरिवारमा आपसी तालमेल र सामञ्जस्यताको कमी भए पनि प्रेम भने कायम रहनेछ ।

कामहरू सरलताका साथमा सम्पन्न हुनेछन् । व्यवसायिक गतिविधि राम्रै देखिन्छ । कुटुम्बका बीचमा कुनै असमझदारी वा तनाव छ भने समाप्त हुनेछ । ठूलाबडासँगको सङ्गतले उन्नतिपथमा अघि लम्कन मद्दत गर्नेछ । विद्यार्थीहरूले पठनपाठनमा ध्यानकेन्द्रित गर्न सक्ने छैनन् । वैवाहिक जीवन राम्रै छ । नोकरीमा सङ्घर्षको स्थिति देखिन्छ ।

विशेष सावधानी : माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यवहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।

प्रतिक्रिया