बिहीबार, वैशाख १३, २०८१

निर्वाचन आयोगको निर्णयप्रति जसपाका अध्यक्ष यादवकाे असन्तुष्टि

नेपालखोज २०७८ असार १ गते १३:४२

काठमाडाैं । निर्वाचन आयोगको पछिल्लो निर्णयप्रति जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि जनाएका छन् ।

आयाेगले दुवै समूहले गरेको कारबाही नीतिगत नरहेको भन्दै कारबाही बदर गर्दै पदाधिकारीलाई पहिलेकै अवस्थामा रहन भनेपछि अध्यक्ष यादव एक विज्ञप्ति निकाल्दै आयोगसँग असन्तुष्ट जनाएका हुन् ।

अध्यक्ष यादवले समूहले दलसम्बन्धी ऐन २०७३ को दफा ५१ अनुसार अर्का अध्यक्ष महन्थ ठाकुरलगायत चार जना नेतालाई पार्टी अनुशासनसम्बन्धी कारबाही गर्दै पार्टीको जिम्मेवारीबाट हटाएको थियो ।

चार जना पदाधिकारी एवम् कार्यकारिणी समिति सदस्यलाई कार्यकारिणी समितिको बैठकको बहुमतले विधिवत् निष्कासन गरी त्यसको अभिलेख अद्यावधिक गर्नका लागि माग गरेकोमा आयोगले पुरानै अवस्था कायम रहने निर्णय गर्नु गलत रहेको उनको भनाइ छ ।

प्रतिक्रिया