मंगलबार, वैशाख ११, २०८१

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

नेपालखोज २०७८ असार १ गते १४:२७

काठमाडाैं । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको तर्फबाट पेस गरेका नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । 

मङ्गलवार बिहान बसेको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्यले नीति तथा कार्यक्रममाथि आ-आफ्नो धारणा राखेका थिए । प्रदेश सभा सदस्यले उठाएका विषयमा मुख्यमन्त्री पोखरेलले जवाफ दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । 

गण्डकी प्रदेशमा आउँदो वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा कम आउने भएको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को बजेट ३४ अर्ब ८४ करोड रहेको थियो । गएकाे आर्थिक वर्ष २०७६/०७७ धेरै बजेट खर्च हुन नसक्दा यस वर्षको बजेटको आकार बढाइएको थियो । 

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले प्रदेश सरकारले असार १ गते बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार गण्डकी प्रदेश सरकारले पनि आज बजेट सार्वजनिक गर्दै छ । त्यसअघि संसदबाट नीति तथा कार्यक्रम पारित गरिएको हो ।

प्रतिक्रिया