मंगलबार, वैशाख ४, २०८१

झन्डै ४ अंकले नेप्से घट्दा १६ अर्ब ५२ करोडको सेयर किनबेच

नेपालखोज २०७८ असार १ गते १५:४६

काठमाडौं । नेप्सेमा सामान्य अंकले गिरावट आएको छ । अघिल्लो दिन ४२ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन मंगलबार भने तीन दशमलव ७२ अंकले घटेर तीन हजार २२ दशमलव १० अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स शून्य दशमलव २५ अंकले बढेर पाँच सय ५० दशमलव २६ अंकमा चढेको छ । दुई सय २६ कम्पनीको एक लाख ६४ हजार सात सय ९० पटकको कारोबारमा तीन करोड नौ लाख ४८ हजार आठ सय ५३ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार सात सय ३९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा आठवटाको सूचक घटेका छन् । पाँचवटा समूहको सूचक बढेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक ६ दशमलव आठ अंकले घटेर १९ सय ९० दशमलव ८० अंकमा झरेकामा जलविद्युत् समूहको सूचक पनि ९० दशमलव ७५ अंकले घटेर तीन हजार एक सय ४४ दशमलव ९४ अंकमा झरेको छ ।

यीबाहेक विकास बैंक, निर्जीवन बिमा, जीवन बिमा, ट्रेडिङ, फाइनान्स र लघुवित्त समूहको सूचक पनि घटेका छन् । होटेल तथा पर्यटन समूहको सूचक भने आज ५८ दशमलव २५ अंकले बढेर पाँच हजार नौ सय ३६ दशमलव ४६ अंकमा चढेको छ । उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

आज सीईडीबी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ८८ प्रतिशतले बढेर ६ सय ६७ रुपैयाँमा कारोबार हुँदा छया्ङदी हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने नौ दशमलव ४९ प्रतिशतले घटेर चार सय ९६ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज नेपाल पुनर्बिमा कम्पनीको प्रतिकित्ता १९ सय ३० रुपैयाँ अन्तिम मूल्यमा ७६ करोड १२ लाख पाँच हजार आठ सय २१ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया