बिहीबार, जेठ २, २०८२

कांग्रेस नेता सिंहले भने- बाढी-पहिरो प्रभावितलाई तत्काल राहत र उद्धार होस्

नेपालखोज २०७८ असार २ गते ८:२७

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकका विभिन्न क्षेत्रमा आएको बाढी-पहिरोबाट प्रभावितलाई तत्काल राहत र उद्धार गर्नको पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी-पहिरोले त्यहाँको जनजीवन कष्टकर बनाएकाले तत्कालै उद्धार तथा राहतका लागि गम्भीरताका साथ पहल थाल्न आग्रह गरेका हुन् ।

‘खोलामा पानीको बहाव बढ्दा मेलम्ची क्षेत्रका धेरै बजार र पक्की पुलहरूमा ठूलो क्षति भएको छ । बाढीका कारण घरबारविहीन भएकाहरुको तत्कालै उद्धार तथा राहतको व्यवस्थापन गर्न र बेपत्ताहरुको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउँदछु,’ सिंहले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘थप क्षति हुन नदिन सरकारले तत्काल काम अघि बढाओस् । देशभर बाढी-पहिरो को मारमा पर्नुभएका आमनागरिकको दु:खमा सबैले आ-आफ्नो ठाउँबाट साथ र सहयोग गर्न पनि सबैलाई म हार्दिक अपिलसमेत गर्दछु ।’

कांग्रेस नेता सिंहले तत्काल राहतको प्याकेज घोषणा, घाइतेहरुको उपचार, विस्थापितको व्यस्थापन कुनै कसुर बाँकी नराख्न सरकारसँग अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया