थप उपचारका लागि नेता खनाललाई आज भारत लगिने

नेपालखोज २०७८ असार २ गते ११:०४

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाललाई थप उपचारका लागि आज भारतको नयाँदिल्ली लगिने भएको छ ।

खनाललाई आज भारत लैजान लागिएको उनको सचिवालयले जनाएको छ । उनको उपचार भारतकाेको एपोलो अस्पतालमा गरिने तय भएको छ ।

एक साताभन्दा बढी ज्वरो आएपछि खनाल गत सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

प्रतिक्रिया