शनिबार, जेठ ५, २०८१

नागरिक केयर सेन्टरलाई माछापुच्छ्रेको सहयोग

नेपालखोज २०७८ असार २ गते १४:५०

काठमाडौं । नागरिक केयर सेन्टरलाई माछापुच्छ्रे बैंकले तीन लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले नागरिक केयर सेन्टर विराटनगरलाई मंगलबार तीन लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराएको हो ।

कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई संस्थागत सामाजिक उत्तरदायित्वअनुरुप उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको हो । बैंकका विराटनगर शाखा प्रबन्धक चन्दन पोख्रेल र प्रतिनिधि रुपेश थापाले केयर सेन्टरका अध्यक्ष पवनकुमार सारडालाई चेक हस्तान्तरण गरेको विज्ञप्तिमार्फत जनाइएको छ ।

प्रतिक्रिया