युरो कप : फिनल्यान्डलाई १-० ले हराउँदै रुसको पहिलो जित दर्ता
नेपालखोज
२०७८ असार २ गते २२:०४

काठमाडौं । युरो कप फुटबलमा आज भएको पहिलो खेलमा रुसले फिनल्यान्डलाई हराएको छ । आफ्नो मैदान क्रेस्टोभ्सकी स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा रुसले फिन्ल्यान्डलाई १-० ले हराएको हो ।
रुसका लागि एलेक्सी मिरानचुकले पहिलो हाफमा थपिएको इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरे । समूह ुबी मा रहेका रुस र फिनल्यान्ड दुवैले दुई खेलमा एक–एक खेल जितेका छन् । तालिकामा रुस दोस्रो र फिन्ल्यान्ड तेस्रो स्थानमा छ ।
आजै राति पौने दश बजे हुने खेलमा टर्की र वेल्स खेल्दै छन् भने राति पौने एक बजे इटली र स्विट्जरल्यान्ड खेल्दैछन् ।
सम्बन्धित
प्रतिक्रिया