बिहीबार, जेठ २, २०८२

बाढी, पहिरो र डुबानप्रति गम्भीर बन्न एमाले नेपाल पक्षको माग

नेपालखोज २०७८ असार ३ गते १७:०४

काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल पक्षले बाढी, पहिरो र डुबानप्रति गम्भीर बन्न सरकारसँग माग गरेको छ ।

नेपाल पक्षले बिहीबार विज्ञप्ति जारी गर्दै वर्षायामसँगै विकाराल बन्दै गएको बाढीपहिरोको न्यूनकरण र यसबाट पीडितको उद्धार, उपचार र राहत वितरणमा सरकार गम्भीर बन्नु पर्ने भन्दै ध्यानाकर्षण गराएका छन्।

वर्षायाममा प्रत्येक वर्षजसो नेपाली जनताले ब्यहोर्दै आएको बाढी, पहिरो र डुवानको समस्या समाधान गर्न नेपाल सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्व तयारी गरिएको नदेखिनु दुःखको विषय भएको यो पक्षको निष्कर्ष छ।

प्रतिक्रिया