धितोपत्र बोर्डले नाम सार्वजनिक गर्नु न्यायोचित होइन : सिविफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले नेपाल धितोपत्र बोर्डको पछिल्लो कार्य गम्भीर भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
सिविफिनले नेपाल धितोपत्र बोर्डद्वारा मिति २०७८ असार १ गते प्रेस विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थासहित ५१ सूचीकृत कम्पनीहरुको वारेमा नामसहित प्रकाशित गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएकोे छ ।
‘व्यक्ति एवं समुहबाट बजारमा गराइने होहल्ला र अस्वाभाविक चलखेलको नियन्त्रणसँगै सुचिकृत संस्थाहरुको काम कारवाहीको वृहत अध्ययन, अनुगमन र मूल्याङ्कन गरी प्रचलित नियमानुसार कार्य नगरेको र संस्थागत सुशासन कायम नगरेको प्रमाणित भएमा आन्तरिकरुपमा सचेत गराउनु वा कारवाही गर्नु बोर्डको दायित्व र जिम्मेवारी ठहर्छ । सम्बन्धित संस्थाहरुको आर्थिक विष्लेषण गरी लगानी सम्बन्धी सूचनामूलक जानकारी उपलब्ध गराउनुका साथै समय–समयमा आम लगानीकर्ताहरुलाई अभिमूखिकरण कार्यक्रम आयोजना गर्नुपर्दछ । साथै, संस्थागत पहिचान र प्रतिष्ठामाथि आँच नपुग्ने र लाखौ लगानीकर्ताहरुमा मनोबैज्ञानिक त्रास उत्पन्न नहुने गरी बोर्डले कामकारवाही अगाडि बढाउँदा समग्र लगानीकर्ताहरुको हित हुनेछ’, विज्ञप्तीमा भनिएको छ ।
नेपाल धितोपत्र बोर्ड सम्बन्धित लगानीकर्ताहरुको अभिभावकीय संस्था र सुचिकृत संस्थाहरुको नियामक निकाय हो । तसर्थ, धितोपत्र बजारको बृहत्तर सुधार, विकास एवं विस्तारका लागि सम्बधित सबै सरोकारवाला संस्था र सम्बन्धित पक्षहरुलाई साथ लिँदै बोर्डले अग्रगामी पाइला चाल्दै जानेछ भन्ने सिविफिनले हार्दिक अपेक्षा समेत व्यक्त सिविफिनका बरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया