सोमबार, वैशाख २९, २०८२

आज राति तीन प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालखोज २०७८ असार ३ गते २१:१४

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाका अनुसार आज राति सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशको थोरै स्थानमा मेघगर्जन÷चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षा हुँदा बाढि तथा पहिरोको थप जोखिम वढ्ने भएकाले सचेत रहन महाशाखाले अनुरोध गरेको हो ।

देशका अन्य अधिकांश स्थानहरुमा राति हल्का देखि मध्यम वर्षा हुनेछ । भोलि र पर्सि पनि बागमति, गण्डकी, लुम्बिनी, सुदुर पश्चिम, कर्णाली प्रदेशको थोरै स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित भारी वर्षा हुने महाशाखाले बिहीबार साँझ बुलेटिन जारी गर्दै जनाएको छ ।

‘पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।’ बुलेटिनमा उल्लेख छ । पर्सि ५ गते भने प्रदेश नम्बर १ मा पनि भारी वर्षा हुने सम्भवना रहेको जनाइएको छ ।

प्रतिक्रिया