राष्ट्रिय फुटबल टिमका खेलाडीले लगाए कोरोनाविरुद्धको खोप
नेपालखोज
२०७८ असार ३ गते २१:१५

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले आज कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ललितपुर जिल्ला स्वास्थ्य कार्यालयमा विश्वकप तथा एसियन कप छनोट खेलेर नेपाल फर्किएका खेलाडीले खोप लगाएका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार खेलाडीसँगै अफिसियलले पनि कोरोनाविरुद्धको खोप लगाएका हुन् । कुवेतमा विश्वकप छनोट खेलेर नेपाली टोली गत आइतबार राति स्वदेश फर्किएका थिए ।
यसअघि नेपाल खेलकुद महासंघले स्वास्थ्य मन्त्रीलाई एक पत्र लेख्दै खेलाडी तथा अफिसियललाई खोप उपलब्ध गराउन माग गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया