शनिबार, जेठ ५, २०८१

एनएमबि बैंकको बचतमा वाणिज्य बैंकहरु मध्येकै सर्वाधिक ब्याज

नेपालखोज २०७८ असार ४ गते १४:०८


काठमाडौं । हाल साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्ताेषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेटने गरी निक्षेपमा एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेकोे छ ।

बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबि बैंकले अहिले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्घेश्यले पाँच दशमलव ६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ जुन वाणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्यााज हो ।

बैंकले मुद्दतीमा भने आठ दशमलव ३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ । हाल मुख्यतयाः ‘बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेकोे देखिएता पनि एनएमबिले भने स-साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भन्ने उदेश्य बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि बैंकले हाल देशभरी एक सय ८१ शाखा, एक सय ३७ एटीएमहरू, नौ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया