भत्ता र व्यवस्थापनको माग गर्दै पुनर्निर्माण प्राधिकरणका प्राविधिक आन्दोलित

नेपालखोज २०७८ असार ४ गते १५:१४

काठमाडौं । भत्ता र व्यवस्थापनको माग राखेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरूले आन्दोलन थालेका छन् । सरकारले अतिरिक्त सेवा सुविधा नदिएको तथा आउँदो असार मसान्त पछि सम्झौता सकिने भएकाले आन्दोलन गर्नु परेको प्राधिकरणको प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले जनाएको छ ।

पुनर्निर्माण प्राधिकरणले पाँच वर्षे समयावधि सकिएकाले असार मसान्तपछि सम्झौता नवीकरण नगर्ने जनाएको छ । आफूहरूलाई विपद् जोखिम प्राधिकरणसहित अरू ठाउँमा व्यवस्थापनको बाटो खुला गर्नुपर्ने तथा सरकारले दिन्छु भनेको भत्ता दिनुपर्ने समितिका संयोजक अविनाश अमरले बताए ।

आउँदो असार १० गते सामूहिक राजीनामा दिने र ११ गते सिंहदरबार घेर्ने कार्यक्रम रहेको समेत संयोजक अविनाश अमरले बताए ।

प्रतिक्रिया