शताब्दीपुरुष जोशी ९ दिनको उपचारपछि डिस्चार्ज
नेपालखोज
२०७८ असार ४ गते १५:३४

काठमाडौं । सताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई गत २६ गते ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई श्वासप्रश्वास, छातीको संक्रमण र मुटुको चालमा गढबढी देखिएको थियो । जोशीको स्वास्थ्य सुधार भई हिड्डुल गर्न सक्ने भइसकेको अस्पतालले जनाएको छ ।
अस्पताल बसाईको क्रमा उनको खानपिन पनि सामान्य नै रहेको अस्पताले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वास्थ्य अवस्था सामान्य भएपछि जोशि ९ दिन पछि घरफर्किएका छन् ।

सम्बन्धित

प्रतिक्रिया