वान डे सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
नेपालखोज
२०७८ असार ४ गते २०:२८

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक वानडे सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको जनाएको हो ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँग आगामी महिना हुने त्रिकोणात्मक वानडे अन्तर्राष्ट्रिय सिरिजको तयारीका २० खेलाडीलाई क्यानले बन्द प्रशिक्षणमा बोलाएको हो ।
आइसिसी र नेपाल क्रिकेट संघले (क्यान) अधिकारिक सिरिज कहिलेबाट सुरु हुने भन्ने विषयमा घोषणा गरिसकेको छैन । यद्यपी विश्वकप लिग–२ अन्तर्गतको आगामी सिरिज जुलाई २० वा २२ तारिखदेखि स्पेनमा सुरु हुने जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया