युरो कप : स्विडेनसँग स्लोभाकिया १-० ले पराजित
नेपालखोज
२०७८ असार ४ गते २१:१२

काठमाडौं । युरो कप अन्तर्गत आज भएको पहिलो खेलमा स्विडेनले स्लोभाकियालाई हराएको छ । सेन्ट पिटर्सबर्गमा भएको खेलमा स्विडेनले स्लोभाकियालाई १–० ले हराएको हो ।
पहिलो हाफ बराबरीमा सकिए पनि खेलको ७७ औँ मिनेटमा स्विडेनका इमिल फोर्सबर्गले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै स्विडेन समूह ‘ई’ को शीर्ष स्थापनमा उक्लिएको छ ।
स्विडेनले दुई खेलमा एक खेल जित्दै र एक खेल बराबरी खेल्दै चार अङ्क बटुलेको छ । स्लोभाकिया भने दुई खेलमा तीन अङ्ककाका साथ दोस्रो स्थानमा झरेको छ ।
युरो कपमा आज राति पौने दश बजे क्रोएशिया र चेक रिपब्लिकले खेल्दै छन् । त्यस्तै राति पौने एक बजे हुने खेलमा इङ्ल्यान्ड र स्कटल्यान्ड खेल्दै छन् ।
सम्बन्धित
प्रतिक्रिया