शनिबार, जेठ ५, २०८१

माझी बस्तीमा खुमा अर्याल फाउन्डेसनले गर्‍यो खाद्य सामग्री सहयोग

नेपालखोज २०७८ असार ४ गते २१:३९

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका १ मा रहेको माझी बस्तीमा खुमा अर्याल फाउन्डेसनले खाद्य सामग्री हस्तान्तरण गरेको छ ।

सामग्री हस्तान्तरण गर्दै खुमा अर्याल फाउन्डेसनका संरक्षक डा. लुना अर्यालले विपन्न वर्ग र मजदुरी गरी खानेहरुमा कोभिडले असर गरिरहेका क्षेत्र तथा माझी बस्तीमा सहयोग गरेको जनाइन् ।

वालिङ नगरपालिकाको वडा १ मा संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेका बेला मजदुरी गरी खाने र विपन्न वर्गलाई खाद्य सामग्रीको सहयोगप्रति वडाका बासिन्दाका तर्फबाट वालिङ नगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष केदार काफ्लेले धन्यवाद दिए । उनका अनुसार १५ घरका माझीलाई उक्त सहयोग गरिएको हो ।

प्रतिक्रिया