शुक्रबार, वैशाख ७, २०८१

भगवान् शिवलाई किन चढाइन्छ बेलपत्र ?

नेपालखोज २०८० जेठ २२ गते ५:३२

हिन्दु धर्ममा भगवान् शिवको पूजाको धेरै ठुलो महत्व छ । भगवान् शिवलाई धेरै नामले चिनिन्छ । कसैले उहाँलाई महादेव त कसैले भोलेनाथ भन्छन् । सोमबार भगवान शिवका लागि समर्पित मानिन्छ। यो दिन महादेवको विशेष पूजा गरिन्छ । भगवान शिव निकै निर्दोष हुनुहुन्छ भन्ने विश्वास गरिन्छ । भक्तहरूले साँचो मनले पूजा गर्दा भगवान भोलेनाथ छिट्टै प्रसन्न हुन्छन् । भगवान भोलेनाथको पूजामा धेरै चीजहरू चढाइन्छ जुन उनलाई प्रिय छ ।

जिलाभिषेक, दुग्धाभिषेक, फूलसँगै बेलपत्र पनि महादेवलाई अति प्रिय छ। भोलेनाथलाई प्रसन्न तुल्याउन धेरै कठोर तपस्या गर्नु पर्दैन । उनलाई पानी र बेलपत्र चढाएर पनि खुशी पार्न सकिन्छ । महादेवको पूजामा बेलपत्र अवश्य चढाइन्छ। भगवान शिवलाई किन बेलपत्र चढाइन्छ ? यस बिषयमा एउटा पौराणिक कथा छ । समुन्द्र मन्थनका बारेमा हामि सबैलाई थाहै छ। एक पटक देवता र दानव बीच समुन्द्र मन्थन भएको थियो ।

उक्त समुन्द्र मन्थनबाट राम्रा – नराम्रा दुवै कुरा बाहिर आए। समुन्द्र मन्थन गर्दा हलहल नामक विष पनि निस्कियो । त्यो विष यति प्रभावकारी थियो कि त्यसले सारा संसारलाई ढाक्ने थियो। उक्त विषको घातक प्रभाव सामु सबै देवताहरु कमजोर देखिन थाले । त्यो विषको प्रभाव रोक्ने शक्ति कसैमा थिएन। त्यसबेला भगवान शिवले सारा संसारलाई बचाउन त्यो विष पिएर आफ्नो गलामा राखे ।

विषको प्रभावले भगवान शिवको घाँटी नीलो भयो । त्यसै कारण उनको नाम नीलकण्ठ पनि भयो। विषको खतरनाक प्रभावले भगवान शिवको शरीर तात्न थाल्यो र निकै तातो भयो । जसका कारण वरपरको वातावरण पनि बल्न थाल्यो । पौराणिक मान्यता अनुसार बेलपत्रले विषको प्रभाव कम गर्छ , जसका कारण देवताहरूले शिवलाई बेलपत्र ख्वाउन थाले । यसका साथै भोलेनाथलाई शीतल राख्न पानी पनि चढाइयो। जसका कारण उनलाई धेरै आराम मिल्यो र शरीरको गर्मी पनि कम भयो ।त्यसयता भगवान शिवलाई बेलपत्र अर्पण गर्ने चलन चलिआएको छ । जसको पालना आजसम्म भैरहेको छ ।

माथि उल्लेखित जानकारी प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाई अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह-सहयाेग आवश्यक हुन्छ ।

प्रतिक्रिया