मंगलबार, वैशाख ३०, २०८२

युरो कप फुटबलमा इङ्ग्ल्यान्ड र स्कटल्यान्डले अङ्क बाँडे

नेपालखोज २०७८ असार ५ गते ६:४०

काठमाडौं । युरो कप फुटबलमा इङ्ग्ल्यान्ड र स्कटल्यान्डले बराबरी खेल्दै अङ्क बाँडेका छन् । शुक्रबार राति भएको खेलमा इङ्ग्ल्यान्ड र स्कटल्यान्डले गोलरहित बराबरी खेलेका हुन् ।

दुवै टोलीले गोल गर्ने मौका पाउँदा पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । समूह ‘डी’ मा रहेको इङ्ग्ल्यान्डको दुई खेलमा चार अङ्क भएको छ । स्कटल्यान्डले भने दुई खेलमा एक अङ्क जोडेको छ ।

प्रतिक्रिया