सोमबार, वैशाख २९, २०८२

युरोकप : आज विभिन्न तीन खेल हुँदै, पहिलो खेलमा फ्रान्स र हंगेरी भिड्दै

नेपालखोज २०७८ असार ५ गते ८:३२

काठमाडौं । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज तीन खेलहरु हुँदैछन् ।
युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ’एफ’ मा रहेको दुई टिमबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । आज फ्रान्स लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । हंगेरी भने पहिलो जित निकाल्न चाहन्छ ।

दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन् । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । समूह ’एफ’ मा रहेको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा रहनेछ । जर्मनी भने पहिलो जितको खोजीमा हुनेछ ।

आज हुने तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । स्पेन र पोल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । समूह ’ई’ को स्पेन पहिलो जित निकाल्ने योजनामा रहेको छ । पोल्याण्ड भने पहिलो जितसहित मैदान उत्रने छ ।

प्रतिक्रिया