‘खेलकुद मन्त्रालय अन्य मन्त्रालयभन्दा राम्रो बनाउछाैं’

नेपालखोज २०७८ असार ५ गते १५:५८

काठमाडाैं । युवा तथा खेलकुदमन्त्री एकवाल मियाँले खेल क्षेत्रको विकासको लागि खेल क्षेत्रका व्यक्तित्वहरुसँग आवश्यक सल्लाह-सुझाव मागेका छन् ।

शनिबार ओलम्पिकि डेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मियाँले आफूले युवा तथा खेलकुद मन्त्रालय अन्य मन्त्रालयभन्दा राम्रो बनाउन चाहेको उल्लेख गर्दै मन्त्रालयलाई राम्रो बनाउनका निम्ति सरोकारवालासँग सल्लाह, सुझाव माग गरेका हुन् ।

आफ्नो ध्यान खेलकुद क्षेत्रमा राम्रो योजना र रणनीति बनाउनको लागि भएको भन्दै त्यसका लागि खेल क्षेत्रका व्यक्तिहरुको सुझाव र सहयोग आवश्यक रहेको उनले बताए । उनले राष्ट्रिय खेलकुद परिषद्को नियमावली छिट्टै बनाउनको लागि टिम बनाउने पनि बताए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रले विश्वव्यापी रुपमा भातृत्व र मित्रता बढाएको बताए । खेलले शान्ति र विकासको कुरा अगाडि बढाइरहेको पनि उनले बताए ।

ओलम्पियनहरु धेरै मानिसहरुको प्रेरणाको स्रोत भएको पनि उनको भनाइ छ । उनले कोभिड-१९ को प्रोटोकललाई मान्दै सुरक्षित भएर खेल क्षेत्रलाई अगाडी बढाउनुपर्ने बताए । उनले ओलम्पिक डे को माध्यमबाट सबैले आफ्नो जीवनलाई सक्रिय बनाउने सन्देश दिन चाहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया