मेलम्चीमा बाढी आउनुको कारण पहिरो

नेपालखोज २०७८ असार ५ गते १८:२८

काठमाडाैं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले गएको १ गते बाढी आउनुको कारण बारे आज सूचना निकालेर जानकारी गराएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा बाढी आउनुको कारण सार्वजनिक गरिएको भएकाे हाे ।

एक सूचना जारी गर्दै वडा नम्बर १ मा रहेको सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण बाढी आएको गाउँपालिकाले जनाएको छ । चौरको २५ प्रतिशत भागमा पहिरो गएकाले आकस्मिक बाढी आएको निष्कर्ष निकालेको छ ।

चौरको ७५ प्रतिशत मध्ये कति भागमा पहिरो जानसक्ने यकिन नभएको भन्दै थप बाढी आउनसक्ने भएकाले उच्च सावधानी अपनाउनसमेत सूचनामार्फत आग्रह गरिएको छ ।

प्रतिक्रिया