करेन्ट लागेर दाजुको मृत्यु, भाइ र छोरा घाइते

नेपालखोज २०७८ असार ६ गते १०:१३

सप्तरी । जिल्लाकोे रुपनी गाउँपालिका–३ कटैयामा करेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको आज मृत्यु भएको छ ।

ट्युबवेल (चापाकल) जडान गर्दा करेन्ट लागेर सोही ठाउँका सञ्जीव लौगीको मृत्यु भएको स्थानीयवासी मिठु माझीले बताए ।
शव परीक्षणका लागि आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ । उनका दाजु सुरेन्द्र लौगी घाइते भएका छन् । घाइतेको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुवै दाजुभाइ स्थानीय बचाइ माझीको घरआँगनमा ट्युबवेल जडान गरिरहेका थिए । माथि झुण्डिएको बिजुलीको तारमा फलामको पाइप छोइएर करेन्ट लागेको माझीले जानकारी दिए ।

करेन्ट लागेको थाहा पाएर छोडाउन गएका छोरा शिवकुमार माझीसमेत सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया