सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदै छ कारोबार

नेपालखोज २०७८ असार ६ गते ११:०६

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै भाउ घटेको । सुन आज आठ सय रुपैयाँले घटेको हाे । छापावाल सुन आज प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ८९ हजार पाँच सय ५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज १५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया