बाढीले तहसनहस बनाएको सिन्धुपाल्चोकको हेलम्बु र मनाङको चामेबजार (फोटो फिचर)
नेपालखोज
२०७८ असार ६ गते १४:३२

काठमाडौं । नेपालमा मनसुनको सुरुवातमै यस वर्ष बाढी तथा पहिरोले देशका धेरै क्षेत्रमा जनधनको क्षति गरेको छ ।मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकामा हालसम्म २३ जना हराएका छन् । बाढीमा बेपत्ता हुनेहरुमा १५ जना स्थानीय बासिन्दा र आठ जना मेलम्ची खानेपानी आयोजनामा काम गर्नेहरु रहेका छन् ।
बाढीबाट मेलम्ची बजारमा भएको क्षतिको चर्चा भए पनि हेलम्बुमा पनि ठूलो जनधनको क्षति भएको थियो। सञ्चार सम्पर्क हुन नसक्दा हेलम्बुको विवरण ढिला गरी आएको हो ।
बाढीले हेलम्बु गाउँपालिका वडा नम्बर १ मा रहेको च्युरीखर्क, तिम्बु, हल्दे, आम्बाथानका २८ घर टहरा बगाएको छ । वडा नम्बर २ को पुरानो चनौटे बजार–मुक्तिटार–गणेश बजार–किउलसम्म पूर्ण र आंशिक रुपमा घर टहरामा भएको क्षतिले एक सय १२ परिवार विस्थापित भएका गाउँपालिकाले जनाएको छ ।






तस्बिर : रासस
सम्बन्धित

प्रतिक्रिया