मंगलबार, वैशाख ३०, २०८२

युरोकप फुटबलमा आज चार खेल हुने

नेपालखोज २०७८ असार ७ गते ८:०१

काठमाडौं । युरोकप फुटबलमा आज (सोमबार) चार खेलहरु हुँदैछन् ।

युरोपका विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकपको समूह चरण अन्तर्गत आज समूह ’बी’ र समूह ’सी’ को समान दुई दुई खेल हुनेछन् ।

समूह ’सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन् । युक्रेन र अष्ट्रियाबीचको खेल ९ः४५ बजे सुरु हुनेछ ।

समूह ’बी’ मा रहेको बेल्जियमले फिनल्याण्डसँग खेल्नेछ । बेल्जियम र फिनल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

यसै समूहको अर्को खेलमा रुसले डेनमार्कसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया