सोमबार, वैशाख २९, २०८२

सुनचाँदीको मूल्य बढ्यो, आजको भाउ कति ?

नेपालखोज २०७८ असार ७ गते १०:५७

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीकै भाउ बढेको छ । सुन आज चार सय रुपैयाँले बढेको हो । छापावाल सुन आज प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ८९ हजार नौ सय ५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज ५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया