सोमबार, वैशाख २९, २०८२

माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु

रासस २०७८ असार ७ गते १३:५२

झापा । माछा मार्ने क्रममा पोखरीमा आइतबार डुबेर वेपत्ता भएका अर्जुनधारा नगरपालिका-११ का ४० वर्षीय माइकल सोरेनको आज बिहान शव फेला परेको छ ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाको घरमा कामदारका रुपमा बस्दै आउनुभएका सोरेन आइतबार माछापोखरीमा डुबेर वेपत्ता भएका थिए ।

नगरप्रमुखको घरदेखि २० मिटर पश्चिममा रहेको माछापोखरीमा माछा मार्ने क्रममा उनी बेपत्ता भएलगत्तै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले खोजी गरेको थियो ।

उनको शव उद्धार टोलीले आज बिहान मात्रै पोखरीमै फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । सोरेनको शव परीक्षणका लागि मेची अस्पताल पठाइएको छ । उनी नगरप्रमुखको घरमा पाँच वर्षदेखि स-परिवार बस्दै आएका थिए । उनका श्रीमती, एक छोरी र दुई छोरा छन् ।

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया