एकद्वार प्रणालीबाट कार्य गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकद्वार प्रणालीमार्फत कार्य गर्न, गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकले आज (सोमबार) परिपत्र जारी गर्दे बैंकिङ विभागलगायत सम्पुर्ण प्रदेशस्थित कार्यालयहरु, अनुमति प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका ‘ख’ वर्गका विकास बैंकहरु र नेपाल इन्फ्रास्ट्रक्चर बैंकसमेतको नाममा परिपत्र जारी गर्दे उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन बैंकले निर्देशन दिएको हो ।
नेपाल सरकारले सञ्चालनमा ल्याएको राष्ट्रिय एकद्वार प्रणालीमार्फत अन्तर्राष्ट्रिय व्यापार सम्वन्धी कार्यहरु गर्न, गराउन नेपाल राष्ट्र बैंक, बैंकिङ विभाग, राष्ट्रियस्तरका विकास बैंकहरु, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ ले दिएको अधिकार प्रयोग गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन परिपत्र जारी गरिएको हो, राष्ट्र बैंकले पत्रमा भनेको छ ।

प्रतिक्रिया