मंगलबार, वैशाख ३०, २०८२

गरिब देशहरुमा कोरोना खोपको चरम अभाव, ठूलो समस्या निम्तिन सक्ने डब्ल्यूएचओको चेतावनी

नेपालखोज २०७८ असार ८ गते ८:५४

काठमाडौं । गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोरोना विरुद्धको विश्वव्यापी खोप साझेदारी योजना ‘कोभ्याक्स’का लागि खोप पर्याप्त नभएको खुलासा भएको हो ।

डब्ल्यूएचओले कम आय भएका देशमा कोरोनाविरुद्धको खोपको चरम अभाव भएकाले यसले ठूलो समस्या निम्तिन सक्ने चेतावनी पनि दिएको छ । धनी देशमा खोप लगाउने दर सन्तोषजनक भए पनि गरिब देशले अनुदानमा पाएको खोप निकै कम हुँदा कोरोनाको थप लहर फैलन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको छ ।

डब्ल्यूएचओका मुख्य सल्लाहकार ब्रुस ऐलवर्डले कोभ्याक्स सुविधा अन्तर्गत अहिलेसम्म एक सय ३१ देशले नौ करोड डोज खोप पाएको जानकारी दिँदै यो सङ्ख्या कोरोनाबाट नागरिक बचाउनको लागि कत्ति पनि पर्याप्त नभएको बताएको बीबीसीले जनाएको छ । धनी देशहरुले गरिब देशलाई दिने कोभ्याक्स सुविधाको खोप जतिसक्दो छिटो उपलब्ध गराउन पनि उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया