सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण

काठमाडौं । हाम्रो परिवार राम्रो परिवारले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितहरुलाई हेलम्बुमै पुगेर राहत सामग्री वितरण गरेको छ । हाम्रो परिवार राम्रो परिवारका सचिव दिपेन्द्र खण्डको नेतृत्वमा गएको राहत वितरण टोलीले सोमबार हेलम्बु गाउँपालिका-१,२ र ३ मै पुगेर राहत बाँडेको थिए ।
’उत्त क्षेत्रका बास्तबिक पिडितले आज सम्म कुनै राहत नआएको र हामीले केहिपनि सामाग्रीहरू नपाएको त्यहाँका स्थानीयहरुको भनाइ छ ।’ राहत सामग्री बोकेर हाम्रो परिवार राम्रो परिवारको टिम सोमबार बिहान सिन्धुपाल्चोकको हेलम्बु लागेका थियो ।
खाद्य, स्वास्थ्य तथा बासका राहत बोकेर हेलम्बु पुगेको यो पहिलो टोली थियो । सिन्धुपाल्चोकका बाढी–पहिरो पीडितलाई सहयोग गर्न सरकारले तदारुकता नदेखाइरहेका बेला उनीहरू राहत बाँड्न तत्पर भएका हुन् ।
राहत ग्रहण गर्दै वडाअध्यक्ष छिरिङ ग्याल्पो लामाले आजसम्म पनि राहत नआएकोमा पहिलो राहत हाम्रो परिवार राम्रो परिवारले ल्याएको बताए ।
राहत वितरण टोली हाम्रो परिवार राम्रो परिवारको सचिव खण्कासहित कोषाध्यक्ष सोनि बस्नेत, सुमि बस्नेत, निता क्षेत्रि, राम कार्की, गोपाल सुवेदी, अनोज पण्डित, उत्तम कार्की अनिता खत्रि गिता थापा र सिन्धुपाल्चोक जिल्लाको हाम्रो परिवार राम्रो परिवारको टिम बालकृष्ण चौलागाई, अर्जुन आचार्य, प्रशान्त चौलागाई, बाबुराम भट्टराईलगायत सहभागी थिए ।
जिल्ला समन्वय समितिकी सदस्य बिमला भण्डारीका अनुसार यो वडामा पूर्ण रुपमा १ सय ५० घर प्रभावित भएको जानकारी गराइन् ।
प्रतिक्रिया