शनिबार, जेठ ५, २०८१

नेपाल बैंकका सञ्चालक दाहालद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नेपालखोज २०७८ असार ८ गते १९:०९


काठमाडौं । नेपाल बैंकको सञ्चालक सुमन दाहालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बैंकमा रिक्त रहेको सञ्चालक समिति सदस्य पदमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव दाहाल नियुक्त भएका हुन् । उनले आज सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनीबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेको बैंकले जानकारी दिएको छ ।

शपथ ग्रहणपश्चात् बैंक सञ्चालक समितिका अध्यक्ष मरासिनीले नवनियुक्त सञ्चालकलाई सञ्चालक समितिमा स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको सर्वोपरी हितमा सञ्चालक सदस्य सुमन दाहालको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।

ततपश्चात् नवनियुक्त सञ्चालक सदस्य दाहालले नेपाल बैंक लिमिटेडको सञ्चालकको जिम्मेवारी निर्वाह गर्न पाएकोमा प्रशन्नता व्यक्त गर्दै आफूले बैंकको हितमा सक्दो योगदान गर्ने वचनवद्धता व्यक्त गरे ।

शपथ ग्रहण कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, का.मु. नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु र कम्पनी सचिवसमेतको उपस्थिति थियो ।

प्रतिक्रिया