विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव र दक्षिणी भू–भागनजिक मनसुनी न्यून चापीय रेखाका कारण अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार बुधबार बिहान देशभर सामान्य मौसम बदली रही गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र प्रदेश १, प्रदेश २ ,बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्ययम वर्षा भइरहेको छ ।
दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा वर्षाको सम्भावना छ । महाशाखाका अनुसार प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना छ ।
-फाइल तस्बिर

प्रतिक्रिया