पाँच विद्यार्थी संगठनले आज सरकारविरुद्ध प्रदर्शन गर्ने

नेपालखोज २०७८ असार १० गते ६:०९

काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध पाँच दलनिकट विद्यार्थी संगठनले बिहीबार काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने भएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले सरकारका असंवैधानिक, अलोकतान्त्रिक र जनविरोधी कदमविरुद्ध प्रदर्शन गर्ने जानकारी गराएका हुन् ।

प्रदर्शनका क्रममा कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिने विद्यार्थी संगठनहरुले जनाएका छन् । नेपाली कांग्रेस निकट नेवि संघ, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), नेकपा एमालेको माधव नेपाल समूहनिकट अनेरास्ववियु, जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल (छैटौँ)ले संयुक्त विज्ञप्तिमार्फत विरोध प्रदर्शनको जानकारी दिएका हुन् ।

प्रतिक्रिया